शर्मिला वाइबालाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । वाइबा हाल महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा छिन् ।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइवालाई पक्राउ गरेको थियो । वाइबाविरुद्ध कुटपिटसम्बन्धी अभियोग दावी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित