इटहरीमा विद्युत दाहसंस्कार स्थल बन्ने !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/d85d_O2cjSmCVZo_bngncmgrwnyiw8udhiwobqe2y9b7vi79om9zbd1qey1v46q5in03csnykpvj_5Ggp4hMTLb_fuffuebalzeg24z0109dwzbkpkr1oaazw84ufi9hzuzyapxmpyqinugp6baf.jpg)
इटहरी / इटहरी स्थित बुढी जमुना मुक्तीघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरीमा इलेक्ट्रिक दाहसंस्कार स्थल बन्न लागेको हो । इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह निर्माण हुने पक्का भएको छ । यहि आर्थिक बर्षमा काम सकिने गरि काम अगाडि बढाईने भएको छ ।
बिहिबार कोशी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी-४ मा रहेको बुढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो ।
दाउरा विपन्न तथा गरिवहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ ।
इटहरीमा सुविधा सम्पन्न विद्युतिय शवदाह निर्माण गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आएका थिए ।इटहरी उपमहानगरले घर देखि घाट सम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शबदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी मेयर पौडेलको छ ।
कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन तथा व्यवस्थापन इटहरी उपमहानगरले नै गर्ने जानकारी समेत मेयर पौडेलले दिए । ।अहिले इटहरीको बुढी जमुना मुक्त्ती घाटमा सरदर ५ वटा शवको दाहसंस्कार हुने गरेको छ ।
करिब ३ करोड ५० लाखको लागतमा बन्ने छ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतिय शवदाह निर्माण शुरु गर्नेगरी दुवै सरकारको संयन्त्र सम्मीलित प्राविधिक समिती समेत गठन गरिएको छ ।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_w9tPVHWDll_qiwmfcunwvtekghd8pgwyl6e6u6vzxif5uexcbnoxos3cnk9fck3m1lxhuju.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_dNU6V9HoNO_pqpxhrl7ztu6ugrez04b0ibexctylwsvmraey5foyzw2sy6lo5adlrraqtb1.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_IWqDObWeR1_mx8kfsjqtwu6ypakye7a1xnyykt1jqggg86ejk6hhe45wbrstahjalcrl0ik.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_79jh2Q0gxX_hssfudqwuwsxeut3rkkrenwduivvyhaooxazlmthoxels0lqcvb2wqrnxfud.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_wKO7FRnIe5_d9yjyc6npnqfcuewqc9fd3ixch2mvpea6nzvcmgqcb0msnckcnoraqkyt49t.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_iiEWNep37W_qfxi5d0sfva0qahyclifcvtemjtjqk7onxebtiq7u3xawhacmdv7lq5ic0am.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_dkcyf9ueKq_tl9l1g8xkrdxcq7pakvmfvclyp4kibc52khvqzu9dalmhuv6rgrai4zg3cru.jpg)
प्रतिक्रिया