तेह्रथुमको पाथीभरा मन्दिरमा आगलागी : जङ्गलबाट सल्केको आगो मन्दिर भित्र छिर्याे (तस्विरहरू सहित)

इटहरी । तेह्रथुमको जङ्गल क्षेत्रबाट सल्केको आगो बुधवार दिउसो पाथीभरा मन्दिर परिसर छिरेको छ । म्याङ्लुङ नगरपालिका ३ र ४ नं बडाको जङ्गलमा देखिएको आगो पाथीभरा मन्दिर भित्र प्रवेश गरेको हो । आगलागी नियन्त्रणकाे प्रयास जारी भए पनि हाल सम्म नियन्त्रणमा आइसकेको छैन ।

मन्दिर परिसरको भने नियन्त्रण भइसकेको स्थानीयहरूले बताएका छन् । करिब ३ घण्टा लगाएर मन्दिरको आगो नियन्त्रणमा लिइएको बताइएको छ ।आगलागीबाट मन्दिर परिषरमा धेरै क्षति भएको स्थानीयहरूले बताएका छन् । मन्दिर क्षेत्रमा बुधवार दिउसो ३ बजेदेखि आगो छिरेको हो स्थानीयहरूको सकृयतामा आगो ३ घण्टापछि नियन्त्रणमा लिइएको स्थानीय पिप्ले ४ का स्थानीय रामकृष्ण निरौलाले बताए ।

आगलागी के कारणले भएको हो खुल्न नसके पनि कसैले चुरोट सल्काएर छोडेको आशङ्का गरिएको छ । यद्यपि नियन्त्रणे प्रयासमा गाउँलेहरू जुटेको पिप्लेका स्थानीय निराेलाले बताए । मन्दिरको आगो नियन्त्रणमा अाएपनि मानव बस्ती भने जोखिममा परेको स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित