इटहरी पिसजाेनका ६०० बढी विद्यार्थीले लगाए दादुरा रुवेलाविरुद्ध खोप

इटहरी । सुनसरीको इटहरी ६ पिसजाेन आवसिय माध्यमिक विद्यालयका ६०० बढी विद्यार्थीहरूलाई बुधवार दादुरा रूबेला विरुद्धको खोप लगाइएको छ ।

इटहरी उपमहानगरको स्वास्थ्य शाखाबाट खटिएका टोलीले विद्यार्थीहरूलाई खोप लगाएको हो । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै गत फागुन दोस्रो साता देखि देशभर खोप अभियान सञ्चालन गरेको थियो ।

सोही अभियान अन्तरगत बुधवार इटहरीको पिसजाेन स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई खोप लगाइएको हो । स्कुलका पिसी देखि कक्षा ९ सम्मका १६ वर्ष मुनी सम्मका बिद्यार्थीहरूलाई दादुरा रूवेला सम्बन्धी खोप दिइएको विद्यालयका प्रिमियर इन्चार्ज शिवलाल सुनारले बताए ।

प्रतिक्रिया

सम्बन्धित