माया घरको एक इँटा अभियान : एक सातामा ३७ हजार रकम सङ्कलन

५ को उद्धार , घटे सहयोगी हातहरू

इटहरी । सुनसरीको इटहरी २ स्थित माया घर नेपालले सुविधा सम्पन्न भवन निर्माणार्थ सञ्चालन गरेको एक इट्टा अभियान अन्तरगत यो साता ३७ हजार हजार रकम सङ्कलन भएको छ । गएको फागुन ६ गते देखि १३ गते सम्मको विवरण अनुसार माया घरबाट थप ५ जनाको उद्धार गरिएको छ । अघिल्लो साता ५ जनाकै उद्धार गरिएको माया घरले यो साता पनि ५ जनाको उद्धार गरेको हो । जसमा २ जनालाई समुदायमा पुनर्मिलन गरिसकेको जनाइएको छ ।

विभिन्न कारण वस सडकमा कष्टकर जीवन बिताउन बाध्य हुने मानिसहरूलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घर नेपालले यो साता एक इट्टा अभियान अन्तरगत ३७ हजार रकम सङ्कलन गरेको संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । आश्रीतहरूकालागि माया घरले सुविधा सम्पन्न भवन निर्माण थालेको छ । सो भवन निर्माणार्थ सञ्चालन गरिएको एक इट्टा अभियानमा सरिक हुन देश , विदेशमा रहेका नेपाली लगायत स्थानीय तह , प्रदेश सरकार सँग अनुनय पनि गरेको छ ।

 अघिल्लो साताको तुलनामा यो साता सहयोगी हातहरू घटेको पनि माया नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । त्यस्तै अघिल्लो साता ९४ जनाले माया घरको अवलोकन गरेको मा यो साता ७२ जना मात्र पुगेको बताइएको छ । त्यस्तै यो साता ४ वटा पुण्य तिथि,४ वटा जन्मदिन , ४ वैवाहिक उत्सव माया घरमा मनाइएको र दाताहरूले एक छाक खाना खुवाएको पनि संस्थाले जनाएको छ ।

यसैबिच यो साता माया घरले सडकमा रहेका ५ जनालाई उद्धार गरी संस्थामा ल्याइएकोमा २ जनाको पुनर्मिलन भइसकेको जनाएको छ । काठमाडौँबाट आएर इटहरीको सडकमा अलपत्र परेकी ३८ वर्षीय सजना नगरकोटी , सुनसरीको गढी गाउँपालिका ५ की २५ वर्षीया सेविका मगर , इटहरीकै सडकमा अलपत्र रहेकी ५३ वर्षीया मिट्ठु खतिवडा, इटहरी २ कि बोल्न नसक्ने मधेसी मुलकी ५३ वर्षीया परिचय खुल्न नसकेकी एक महिला र इटहरी १९ बाट ल्याइएकी अर्की नाम खुल्न नसकेकी महिलालाई उद्धार गरी माया घर ल्याइएको संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन ।

 उद्धार गरिएका मध्ये काठमाडौकी नगरकोटी र गढी गाउँपालिकाकी मगरलाई भने फरक फरक मितिमा परिवारको जिम्मा लगाइएको संस्थाले जनाएको छ । असक्त , असहाय र विभिन्न कारणवश सडकमा पुगेकाहरूलाई उद्धार गरी नयाँ जीवन प्रदान गर्दै आएको माया घरमा हाल १५३ जना आश्रित छन् ।

प्रतिक्रिया

सम्बन्धित