नेप्से परिसूचक झिनो अंकले घट्यो

काठमाडौं /  नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ०.८७ अंकले घटेको सेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ । 
 

प्रतिक्रिया

सम्बन्धित