सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या ? यस्ताे छ घटनाकाे नालीवेली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sipadol_K7qUffhR6q_jpf4omhaex99wonhwhlawk3ut6iygasnneilwj74s9xengkqfdwwx4mj4wrw_PknhrTH8dP_gzh4vzze7liqwxautgxbr36mlfh3ggums1oonvu5hkxgqupqhiy7jroppo2w.jpg)
इटहरी । तेह्रथुम छथर गाउँपालिका–५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए । उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए । ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए ।
प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन् । ढकालकी एक जना छोरी थिइन् । ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किए । उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो । उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो । हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन् ।
त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट भएको थियो । ‘ती तीन जनामध्ये एक जना हत्याको मुख्य व्यक्ति हुन्, उनी फरार छन्,’ पाठकले भने । अनुसन्धानका सिलसिलामा वृत्त जगातीले अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । ती दुई जनामध्ये एक जना केटा र अर्की केटी हुन् ।
उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन् भन्ने बुझिन आएको छ,’ पाठकले भने । उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ । त्यसपछि ती दुई व्यक्ति छुट्टिन्छन् । ‘गोठ भएतिर ढकाल र ती मुख्य योजनाकार गएका देखिन्छन्,’ नजिकैको सिसिटिभी फुटेजलाई उद्धृत गर्दै डिएसपी पाठकले भने ।
पक्राउ परेका ती दुई जना व्यक्तिको नाम अहिले प्रहरीले खुलाएको छैन । उनीहरूले घटनामा के कस्तो सहयोगी भूमिका निभाएको हो भन्नेबारे अनुसन्धान जारी रहेको पाठकले बताए । ‘उनीहरूसँग बयान लिँदैछौं, मुख्य योजनाकारसँग उनीहरूको सम्पर्क सूत्र के कसरी स्थापित भयो र घटनाको राति सँगै रहँदा के–के कुराकानी भयो भन्नेबारे अनुसन्धान जारी छ,’ पाठकले भने ।
ती दुबैले मोबाइल फोन बोक्दैनन् । योजनाकारसँग पनि मोबाइल नभएको देखिएको पाठकले बताए । घटना आकस्मिक होइन, योजनाबद्ध हो भन्ने केही ‘क्लू’ पनि फेला परेका छन् । जस्तै : जब तीन जना छुट्टिन्छन्, त्यसपछि मुख्य योजनाकारले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए । ‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने । त्यसलगत्तै ढकालको फोन अफ भयो । यता घर परिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भयो ।
गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए । ‘ती योजनाकार एक्लैले गरे या त्यस कार्यमा त्यहाँ अन्य कोही सहयोगी पनि थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन,’ पाठकले भने । मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए । खोजीका लागि वृत्त जगातीमा निवेदन दिए ।
रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्यो । नुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो । ती योजनाकारको पहिचान भइसकेको छ । तर, उनले फोन नबोक्ने गरेको प्रहरीले बताएको छ । अफ गरेर ढकालको मोबाइल समेत उनैले लगेका छन् ।
‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने । ती व्यक्ति पक्राउ परेपछि घटनामा अन्य कति जनाको संलग्नता हो खुल्ने पाठकले उल्लेख गरे । ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो यकिन भइसकेको छैन । ‘बाहिर कोहीसित कुनै दुष्मनी थिएन भन्ने परिवारका सदस्यको भनाइ छ,’ पाठकले भने । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_10g9t9AGYx_4irfzkobosg19quarrmf5f45ijyv463bhdgn47gr0eeaknnfkk50krop1po2.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_nLgwSFaPJD_9yehzq3npoucrxpwlxzc9n5qgtqavwzjepnnbbdu2ywv45knawurefd1suar.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_nZlwfNVCl9_kiiz0n37lnwgpufkkhyxnx3qizmigq6uubbavkfyvsaej87pnbzyatwiqb4q.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_SUvTbuFEhT_wjnbzaxwhl2y9jsftjwowuwx3wvlwyxjfoevb9ehyuydutbdido74trlt0sg.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_qmcdapbOxu_6vsqmcs1fcapo8y32tnmo2kf9egvbkdpyzujhs3vwehbcxbjxpk5z4xhfnox.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_xiHT1YwwSz_xogqurhkhuutlozejr8ktlbg7qinlbt7kwxjztfm2wrwezclkil79hcen7vw.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_kp27q9g2M9_ws5g5yj9ncpurw5caioysj3lczjmhbhk5jyrrgfpyqzjybxluuavisau0jgg.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_JoeGFSFwGI_qf1za3zxqhmuyhskpenmfcadbfaw04t1p7l9icdopzhrfz16kkabila1l5qm.jpg)
प्रतिक्रिया