प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bla_Qe6pVZJ5It_dpxc3hdmrgdpizfihyxra8bdshublzgtjzvb1gdcu9cbvalysufndrrmmaio_DkiNBj9YXp_bfcigjr3bi9tenqoofcwqdqtfddvvhyjtcubm6ffuvjgcfmntzlb3m8nzscr.jpg)
काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ। सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो।
न्यौपानेसहित १० जनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ।
तत्कालीन सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई ऋण दिलाएका थए।
सेन्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो। देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन्। उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता पाएको थियो।
चौलागाईंसमेतको लगानी रहेका चार वटा कम्पनीमा सेन्चुरी बैंकले ऋण प्रवाह गरेको थियो। ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टीलरी रहेका छन्। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेन्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो।
धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको देखिएको छ। चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्बबढी रकम ठगी गरेको पाइएको छ।
चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको छ। उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ।
बोगटीका अनुसार उनले खरिद गरेको तिनैमध्येको जग्गाहरू धितो राखेर सेन्चुरी बैंकबाट ऋण लिएका थिए।ऋण लिने क्रममा सिइओसँगै मिलेमतो गरेर करिब एक अर्ब रुपैयाँ धितोभन्दा बढी हात पारेको देखिएको छ। ‘त्यसरी लिएको रकम चौलागाईंले विभिन्न कम्पनी स्थापना गर्न खर्च गरेको देखिएको छ,’ बोगटीले भने।
वीरगन्ज महानगरपालिका-५ घर भई हाल ललितपुर-१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन्।
![निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_aTIZyKloOH_xuliytpbuoirzf5z5gde87sniuqia0dpnzy6ixmkiupuumy1w9a5jcrlvzss_dVymqFRHDj_apczfu2mz9tvmw6yvggqhi3d40srwbiarkuv8jublxhhwiseawlqrogofeap.jpg)
निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?
![मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_1c8eA4N1Kg_jia4m48pdxlutnbkgza7lsb8r8gnzftkiujdljmb1sqv6guan113ao2jkf45_t8UCDMlkOE_skcbexncimmcunya5ks2yvg24zyowle7aqfx5dbe28hvngcga50qm1v5e60k.jpg)
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)
![अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार](https://snowberry.prixacdn.net/media/gallery_folder/dollar_kgt0bwiVIS_2tfff1riea9w1psfcm2v71z50y26qz7zuf8zciyet3uqxo77im9kzia5fo9s_A9g6iIzJSF_8vk5wyzyeitccbztg3jnpepcdvvnpsaqqaxyrauo3m4fx4obhgxjkzsy7rk7.jpg)
अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार
![सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2-1_erqr9TPOIj_p444wxcjtxifgss3otuzaaf1arq9ykvl9ze1hvx764edkpg5hvnoryrq2uwq_TtvS7ONBej_z6ufgkwmhwbkrlpstkzwkl3sv0sopedckp8w3mv0tsohmodnrrsjjvqjpqtb.jpg)
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
![मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mahaprasad_adhik_GnTvQMMJm8_a0yohigchc1dt5oivudmewlssavsn3dbwdq3bb6wc8od0dikbjqkc5mc39bu_mauxojMaYg_3jsf10wu5c2uqezeojtwsgdbnqillktmhgs7vqhgoqubbs9skjldqxaie4gz.jpg)
मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?
![नेप्से ३२ अंकले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse_badyo_zkuMLfGFnv_Xhj8QZHLii_q8ipwdwsukq0s0fhylzu9gk7nnniehsfgyrpzazkotoj686kkajd6tycil2x_uUcExZQUMN_k9j3wwvqdsfxhw4r0aasdhzlh9ngc4e5iatqp1o1zlrklfjnkfdfyjoyczd0.jpg)
नेप्से ३२ अंकले बढ्यो
![ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी](https://snowberry.prixacdn.net/media/gallery_folder/c902df33-f977-4883-a353-7c087d5d1b6b_kHXjFllFga_ulzjluu3awkwnkx0aevzf7cqvg2eqmhyodsj7knuyst7z2oqdvguw5b8h9sp_q9adJPiNxR_5a2u6xo3ksp2enw1pmfa3sbrfdtgazyutug0oro4buxcqzhl5k4fkg6kjjhr.jpeg)
ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
![एकै दिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-new_YQTg8owAO3_nwv9xhgap7tngwiu0sh1kq70qwhmau7fbazp10fhhpl0fsbanrcu7ouecvep_pHKi09tpfi_tjyos1j55qm7qwteabxt3sebh2k41r9bmwcq1dlaeuz9i7erfarzzyvllptv_7ugBVHVFSZ_ygl5vi9fodbwyibc7i9sdydhe2gs88p0bwa3lw4syxxey7jivayzrjci4k2b_3QYpoIaz9Q_ymepeolznznmadrhaxwaebugtjs9xfn39mezjwcbpoif3lzvz8tqj7ntawob_UKovtAavvb_2lndajzgm48advd6g4irt2apyydks4ae1rjw5xjrntvcmj0tzo2zsl5t8lrp_9jPqmYLd9u_91duty40qnlzru3gym1lbnzp44khtevyllvbvv0hnuuljxlaxpnqztnxazqn.jpeg)
प्रतिक्रिया