प्राधिकरणले धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि चिढिए हर्क साम्पाङ : भने "नियम संशोधन गरेर भए पनि बनाएरै छाेडछाै"

इटहरी । धरानमा बिमानस्थल बनाउन नमिल्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निस्कर्ष निकालेपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ चिडिएका छन । उनले सामाजिक सञ्जालमा धराने जनताले श्रमदान गरेर भएपनि बनाउने उल्लेख गरेका छन । नेपालमा संविधान त संसाेधन गरिन्छ भने प्राधिकरणकाे पनि संसाेधन हुनुपर्छ भन्दै मेयर साम्पाङ चिडिएका हुन । 

मेयर साम्पाङले नियम संशोधन गरेर भए पनि विमानस्थल बनाइछाड्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्।उनले संविधान समेत परिवर्तन हुने बताउँदै नियमावली संशोधन हुने बताएका छन्।प्राधिकरणले साम्पाङको मागपछि विमानस्थल निर्माणबारे अध्ययन समिति बनाएको थियो। तर विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने देखिएपछि असम्भव रहेको निष्कर्ष निकालेको छ। 

 ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले जनाएको छ। आर्थिक विश्लेषणपश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्रै सम्भव हुँदा हवाइ यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको देखिएको छ।  

प्रतिक्रिया

सम्बन्धित