भारतको बिहारमा डरलाग्दाे दुर्घटना : स्कार्पियोमा सवार भोजपुरी फिल्मका चार चर्चित स्टारकाे मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bhojpur-actors-dead-_M3lwgAeXAW_lbow0xvmb044lohyg18jit9kq6yrntdn0wo5v5sxxietl9touwfrlfzlk7tq_YKHrUg4h6T_ri5gsdpha01pruqgxjm1vwjwhmpb3csus7yofmjldlx7urko3e2dsxvc3lp3.jpg)
एजेन्सी । भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारले सडक दुर्घटनामा एकै पटक ज्यान गुमाएका छन्। भारतको बिहार राज्यस्थित कैमुरमा भएको एक डरलाग्दो सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकार गुमाएको हो। ज्यान गुमाउनेहरूमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय 'छोटु पाण्डेय', मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव र आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा 'बैरागी बाबा'सहित नौजना छन्।
भीषण सडक दुर्घटनाका कारण अहिले भोजपुरी फिल्म जगत शोकमा डुबेको छ। बिहारका मुख्यमन्त्री नीतिश कुमारले यस घटनाबारेमा दु:ख प्रकट गरेका छन्। समाचार अनुसार आइतबार छोटु पाण्डेय स्कार्पियोबाट आफ्नो पूरै टीमसहित एक कार्यक्रममा भाग लिन उत्तर प्रदेश गइरहेका थिए।त्यसक्रममा बिहारको कैमुर जिल्लास्थित मोहनिया थाना क्षेत्रको एनएच २ स्थित देवकलीनजिकै अचानक एक मोटरसाइकल स्कार्पियोसामु आइपुग्यो।
मोटरसाइकललाई जोगाउने क्रममा स्कापियो अनियन्त्रित भएर एनएच सडकमै बजारियो। जब स्कार्पियोमा सवार उनीहरू बाहिर निक्लन खोज्दै थिए, त्यहीबेला पछाडिबाट आएको एउटा कन्टेनरले उनीहरूलाई ठक्कर दियो। दुर्घटना यति ठूलो थियो कि स्कार्पियो टुक्रा टुक्रा भएको छ। केही बेरमै उक्त घटनास्थलमै आठजनाको ज्यान गयो। उक्त दुर्घटनाका क्रममा मोटरसाइकलमा सवार व्यक्तिको पनि ज्यान गएको छ।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_VWsuY8cNET_btb0rocbcwfk1koelzkxkxrtfn3paepuvedm2vtgnygwostewycqafz7je0d.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_nkQZmIAZdH_xijsmsyynoyann8g2znqpd2xedshbtrrars4i7ldy7mpqcvowic4scjn2igo.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_Rg3pE3ZMAX_rsk9kim9bcbglkp6rkylclfkdvmsquyksargvcypbcfufvmbhkxrotzhuvjw.jpg)
प्रतिक्रिया