सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं / नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ  । 

यसदिन ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो । 
 

प्रतिक्रिया

सम्बन्धित