मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी, संस्कृतविद् र कलाकारहरु सम्मानित

मोरङ । माेरङकाे उर्लाबारीमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम सम्पनन भएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा साे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा  

  धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान पुयाएका संस्कृति विद् र कलाकारहरुलाइ सम्मान गरेको थियो,   अग्रज तथा संस्कृतविद्हरु कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल सम्मानित भएका छन् । 
 
कार्यक्रममा हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफै जागरुक हुन आवश्यक र बाह्रिय मुखि भएमा पहिचान हराउने भन्दै उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाले नगरको पहिलो जाति भएकोले नगरले सक्ने साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डाक्टर किराँतीको सभापतित्व तथा उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाको प्रमूख आथिथ्यतामा आयोजित्  कार्यक्रममा विशिष्ट अतिथिमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ देवकुमार चौधरी, उर्लाबारी नगरपालिकाका–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, धिमाल जातीय विकास केन्द्रका अध्यक्ष अम्बर बहादुर धिमाल र अतिथिमा नेपाल चलचित्र महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, कवि तथा साहित्यकार दिलिप सगर राई, धिमाल जातीय विकास केन्द्र केन्द्रीय सह–अध्यक्ष केदार धिमाल, उर्नि तुन्जाइ सांस्कृतिक मन्चका अध्यक्ष नरसिंह धिमाल, धिमाल जातीय विकास केन्द्रका महासभा सह–अध्यक्ष कविन्द्र धिमाल र बरिस्ठ कलाकार तुन्जाइ सांस्कृतिक मन्चका भुपु अध्यक्ष हरि धिमाल लगायत रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित