आज सुनको भाउ स्थिर, चाँदीको भाउ भने घट्यो

काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार पनि सुनको भाउ सोही रहेको थियो । यता, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४ डलरमा र चाँदी प्रतिऔंस २२.८४ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित