सर्वोत्तम सिमेन्टकाे आइपीओमा पहिलो दिन नै मागे भन्दा बढी आवेदन , कतिले भरे आवेदन ?

इटहरी । सर्वोत्तम सिमेन्टले जारी गरेकाे आइपीओमा पहिलो दिन आइतबार माग भन्दा बढी आवेदन परेको छ ।कम्पनीले आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको मा एकै दिन ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको हो। कम्पनीको आईपीओमा १ लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ३.१२ गुणा बढी आवेदन हो । 

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यसमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित