चर्चित गजल गायक पंकज उदासको निधन
एजेन्सी । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ । उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छिन् । आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई हैलगायतका उनका थुप्रै गजल चर्चित छन् ।
गायक उदास विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिट्ठी आई है’ बाट निकै चर्चा पाएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्वपूर्ण अंश हराएको छ । पंकज उदासजी, म तपाईंलाई सधैँ सम्झिरहनेछु । तपाईं रहनु भएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति ।’
पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो । उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीतको निकै मन थियो । यही कारण पंकज उदास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो । उनका दुवै दाजु मनहर र निर्जल उधास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_5DcJB5z5NT_htwpkdsocoyajkmmp73hd7ruambj52djb2uhdoxlpeikphdtabdeyux2trqp.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_nkQZmIAZdH_xijsmsyynoyann8g2znqpd2xedshbtrrars4i7ldy7mpqcvowic4scjn2igo.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_Rg3pE3ZMAX_rsk9kim9bcbglkp6rkylclfkdvmsquyksargvcypbcfufvmbhkxrotzhuvjw.jpg)
प्रतिक्रिया