क्यान इन्फाेटेकमा नमुना कलेजका विद्यार्थीहरूकाे विशेष प्रदर्शनी (तस्विरहरू)

इटहरी / इटहरीको नमुना कलेजमा अध्ययनरत विद्यार्थीहरूले कृषि सँग सम्बन्धित बहु उपयोगी प्रविधियुक्त सामग्रीहरूको विशेष प्रदर्शनी गरेका छन् । इटहरीको क्यान इन्फाेटेक मेलामा नमुनाका विद्यार्थीहरूले सो सामग्री प्रदर्शनमा राखेका हुन् । विद्यार्थीहरूले कृषिमा आधरित प्रोटोटाइप सामग्री प्रदर्शनमा राखेका छन् ।

तिन वटा फिचरहरू समावेश गराइ निर्माण गरिएको साे सामग्रीले एकै पटक तिन काम गर्न सक्छ । याे  प्रोटोटाइप नेकै उपयोगी देखिएको छ । बारीमा बिउ छर्ने , सिँचाइ तथा खेत जोत्ने तिनवटै काम याे प्रोटोटाइपले गर्ने विद्यार्थीहरूले बताए । त्यस्तै विद्यार्थीहरूले फलफूल तथा तरकारीहरू फलाउन हरित गृहको पनि डेमाे देखाएका थिए ।

जहाँ हरियाली सब्जी र फलफूल रोपेर घरलाई हरित गृह बनाउन सकिने सन्देश विद्यार्थीहरूले दिएका छन् । त्यस्तै विद्यार्थीहरूले एब्सट्राइकल डिकेनक्सन कारकाे प्रोटोटाइप प्रदर्शनमा राखेका छन् । उक्त कारमा केही चिज अगाडी आउँदा बाटो मोडेर उचित दिशा लिन सक्ने जनाइएको छ । 

२०५६ सालमा स्थापना भएको ग्रिनपिस एकेडेमी थप स्तरउन्नती गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । ४२ जना विद्यार्थीबाट शुरुभएको नमुना कलेज पछिल्लो समय पूर्वी नेपालका सबै जिल्लाहरूका साथै कोरिया तथा जापानबाट समेत गरी ९ हजार भन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिसकेका छन् । 

पूर्वी नेपालका विद्याथीहरुको आम रोजाइमा पर्ने यस कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सि.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र  स्नातक–कोत्तर  तहमा एम.वि.ए. को अध्यापन गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित