नमुना कलेजमा "नमुना सांसद" अभ्यास

इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले कानुन निर्माण प्रकृया बारेमा जानकारी दिने उद्देश्य सहित आइतबार नमुना संसद्को अभ्यास सम्पन्न गरेका छन् । नमुना संसदमा विद्यार्थीहरूले विभिन्न विषयगत कानुन निर्माण गरी ऐन र दफा बारे छलफल गरेका थिए ।

त्यस क्रममा विद्यार्थीहरूले प्रस्तुत ऐन माथी सत्तापक्ष र विपक्षमा रहेका दल झैँ आफ्नो पक्षको कुरा राखेका थिए। निर्मित कानुनको कार्यान्वयन अदालतले कसरी गराउँछ भनेर बुझिसकेका विद्यार्थीहरूलाई कानुन निर्माण चाहिँ कस्तो कार्यविधि पुरा गरेर गरिन्छ भनेर त्यसको अभ्यास गराउन नमुना संसद्को अभ्यास गराइएको कानुन संकायका शिक्षक कुलदिप भुजेलले बताए । कुल ६५ जना विद्यार्थी उपस्थिति भएको नमुना संसदमा व्यवस्थापिका संसद्को कार्यविधि, कानुन निर्माणको तौरतरिका, र मतदानका विषयमा अभ्यास गरेका थिए।

२०५६ सालमा स्थापना भएको ग्रिनपिस एकेडेमी थप स्तरउन्नती गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । ४२ जना विद्यार्थीबाट शुरुभएको नमुना कलेज पछिल्लो समय पूर्वी नेपालका सबै जिल्लाहरूका साथै कोरिया तथा जापानबाट समेत गरी ९ हजार भन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिसकेका छन् ।  पूर्वी नेपालका विद्याथीहरुको आम रोजाइमा पर्ने यस कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सि.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र  स्नातक–कोत्तर  तहमा एम.वि.ए. को अध्यापन गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित