मोरङको बेतना सिमसारबाट भाले चित्तल सिकारीले उडाए , सिसी टिभीको भिडियो बाहिरिए पनि समितिलाई छैन कुनै चासो

इटहरी । मोरङको बेतना सिमसार क्षेत्रबाट सिकारीहरूको समूहले भाले चित्तल गायब बनाएका छन् । रातको समयमा उक्त समूहले पश्चिम तर्फको रूखबाट भित्र छिरेर चित्तल मारेर लगेको सिसी टिभी फुटेजमा देखिएको छ ।

बेतना सिमसारमा कुल १२ जना कर्मचारी रहेका छन् , जसमा रातको समयमा २ जना सुरक्षाकर्मी तैनाथ हुन्छन् । सिमसार क्षेत्रमा पसेर भाले चित्तलको हत्या गरी लैजाँदा समेत सुरक्षामा खटिएका कर्मचारीहरूले थाहा नपाउनु हदै सम्मको लापरबाही भएको स्थानीयहरूले बताएका छन् ।

यता सिमसारबाट भाले चित्तल गायब भएपछि आसपासका स्थानीयहरूमा खैलाबैला मच्चिएको छ । चित्तल शुक्रवार सिकारीहरूको समूहले मारेर लगेको भिडियोमा प्रस्ट देखिएको छ । सिकारीको समूहले भाले चित्तल उडाएको भिडियो बाहिरिए पनि सिमसार भित्रका कर्मचारी र समितिका पदाधिकारीहरूले कुनै चासो राखेका छैनन् ।

तार जाली र घेरा बेरा बिच नै भाले चित्तल गायब हुनु र कर्मचारी देखि पदाधिकारी नै मौन हुनुमा उनीहरूको पनि मिलेमताे रहेकाे आशङ्का स्थानीयहरूले गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित