तरहरा प्याराडाइज स्कुलमा गुरूकुल एकेडेमीको व्यवस्थापनमा शैक्षिक प्रविधि भित्रिने भएपछि उत्साहित अभिभावकहरू

इटहरी । तरहरा प्याराडाइज स्कुलमा  गुरूकुल एकेडेमीको व्यवस्थापनमा शैक्षिक प्रविधि भित्रिने भएपछि अभिभावकहरू उत्साहित देखीएका छन् । सुनसरीको इटहरी २० तरहरास्थित प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलमा आगामी शैक्षिक सत्र २०८१/८२ देखि सो विद्यालयमा नयाँ व्यस्थापन सहित अध्यापन हुने भएको हाे ।

गुरुकुल एकेडेमीको व्यवस्थापनमा विद्यालयले नयाँ शैली सहित शैक्षिक गतिविधि अघि बढाउन लागेको प्याराडाइज बोर्डिङ स्कुलका सञ्चालक कालिका बनले बताउनुभयो । अब विद्यालयमा गुरुकुलमने व्यस्थापनमा गुणस्तरिय पठनपाठन हुने भएकाे सञ्चालक बनले बताउनुभयो । यसको लागि सम्पूर्ण तयारी सकिएको र कार्यान्वयनकाे पक्षमा रहेको बताइएको छ ।

 कार्यक्रममा अन्तर्राष्ट्रिय सल्लाहकार माइकल एन्टोनियो (स्पेन ) लगायत नवनियुक्त डाइरेक्टर र प्रिन्सिपल लगायतले मन्तव्य राख्नुभएको थियो। अब विद्यालयले शिक्षण गर्दा ABL, PBL approach सङ्गै Gamification र Edutainment विधिबाट गर्ने भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित