इटहरीमा मादी मा वि पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम

इटहरी । सङ्खुवासभाको मादीमा स्थापित मादी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुकाे पुनर्मिलन कार्यक्रम शनिवार सम्पन्न भएको छ । पूर्व विद्यार्थी एकता समाजका अध्यक्ष परशुराम दाहालको अध्यक्षतामा सम्पन्न भेलाले मादी मा वि को आर्थिक भौतिक तथा शैक्षिक उन्नयनकारलागि पूर्व विद्यार्थिहरुले कसरी उल्लेखनीय भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गरेको छ ।

 उक्त भेलाले  विद्यालयमा पूर्व विद्यार्थी अक्षयकोष स्थापना गर्ने पहिलो निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै काेशी प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारीले यस्ता भेला आयोजना गर्दा मादी मा वि को विद्यार्थी जीवन पुनर्ताजकि गराइदिएको भन्दै शुभकामना प्रदान गरे ।

त्यस्तै पूर्व विद्यार्थी एवम् काेशी प्रदेश सांसद विदुर कुमार लिङ्थेपले विद्यालयले स्थापना कालदेखि ४० को दशक पार गरिरहँदा शैक्षिक साख फेरि फर्काउन पूर्व विद्यार्थिहरुले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । त्यस्तै पूर्व विद्यार्थी तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईले यो भेलाले ४० वर्ष देखि बिछोडिएका पूर्व बिद्यार्थीहरूलाइ एकै ठाउँ जम्मा गरी शुभकामना र परिचयात्मक कार्यक्रम राख्दा मनै आनन्दित बनाएकोमा खुसी साटासाट गरे । 

 प्रमुख अतिथि विश्व आदर्श विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ घिमिरेले यश भेलाले विद्लयकाे उन्नयनमा पूर्व विद्यार्थिहरुले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।कार्यक्रम विश्व आदर्श एकेडेमीको प्राङ्गणमा १६०को सङ्ख्यामा पूर्व विद्यार्थिहरु भेला भएका थिए।२००८ सालमा स्थापना भएर शिक्षा क्षेत्रमा पूर्वाञ्चलमै ख्याति कमाएको मादी मा वि मादीमा पूर्व विद्यार्थिहरुकाे संस्था दर्ता गर्न परशुराम दाहालको अध्यक्षतामा तदर्थ समिति गठन समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित