एन प्याव्सनकाे खेल सप्ताह सुरु : २० वटा विद्यालयबाट ३०० जना विद्यार्थी सहभागी

इटहरी । एन क्याप्सन इटहरी नगर कमिटीको आयोजनमा शनिवारदेखि खेल सप्ताह सुरु भएको छ । तिन दिन सम्म चल्ने खेल सप्ताहमा फुटबल , भलिबल, एथलेटिक्स,हाइ जम्प ,लङ जम्प,बेलुन रेस,बोतल फिलिङ,लगायत २ दर्जन खेलहरू रहेका छन् ।

प्रतियोगितामा इटहरी उपमहानगरको सबै वडाबाट २० वटा विद्यालयका ३०० जना विद्यार्थीहरू सहभागी   छन् । खेलकुद अन्तरगत भलिबल छात्रा तर्फ १० र छात्र तर्फ १२ समूह रहेका छन् भने फुटबल तर्फ १६ समूह रहेका छन् । जसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू सहभागी छन् ।

त्यस्तै मन्टेस्वरी शिक्षामा अध्ययनरत बिद्यार्थीहरूकालागि पनि बेलुन रेस,बोतल फिलिङ,लगायतका खेलहरू रहेका छन् । तोकिएका सबै खेलहरू दैनिक खेलाउँदै लैजाने बताइएको छ । खेलको समापन भने फागुन १५ गते हुने एन प्याव्यसन इटहरी नगर कमिटी पुष्प अधिकारीले बताए ।

त्यस्तै तिन दिन सम्म चल्ने खेल सप्ताहबाट विजयी हुने विद्यालयलाई समापनको दिन नै पुरस्कार प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । शनिवार देखि सुरु भएको खेल सप्ताह आगामी फागुन १५ गते इटहरी ५ को फुटसलमा भव्य कार्यक्रमबिच समापन गरिने जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित