नेपालमै पहिलो पटक इटहरीमा प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुँदै

इटहरी । विगतमा काठमाण्डाै केन्द्रित हुँदै आइरहेका ठुला ठुला कार्यशालाहरू यो पटक देशभर एकै साथ हुनेभएकाे छ । नेपालमै पहिलो पटक २५० जना ख्याती प्राप्त कलाकर्मीहरूकाे सहभागितामा उनीहरूले निर्माण गरेको ४ सय भन्दा बढी कलाकृतिहरूको देशभर एकै समयमा विशेष प्रदर्शनी हुने भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विभिन्न विधामा ललितकला सम्बन्धी रुची राख्ने काेशी प्रदेशका २५० कलाकर्मीबाट ४०० कलाकृतिको प्रदर्शनी गर्ने भएको हो । सुनसरीको इटहरीस्थित इटहरी मेट्रिक्समा आगामी फागुन २९ देखि चैत्र ८ गते सम्म काेशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी हुने भएको हो ।

काेशी प्रदेशबाट बिभिन्न विधाका २५० जना कलाकर्मीहरूको सहभागितामा ४०० बढी कलाकृतिहरू निर्माण गरी प्रदर्शनी गरिने भएको हो । कलाकर्मीहरूले बनाएको या सृजना गरिएको उत्कृष्ट कृतिहरूलाई नगद पुरस्कारको समेत व्यवस्था मिलायएकाे प्रदर्शनीका उप संयोजक कलाकार विक्रम श्रीले जानकारी दिए । नेपालका सात वटै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी एकैसाथ हुन लागेको छ ।

प्रदर्शनीमा  पुरस्कृत भएका कलाकृतिले जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागिता जनाउन पाउनेछन् । कलाकारहरूको लागि राम्रो एक्सपोजर भएकोले यो प्रदर्शनीलाई लिएर कलाकारहरू उत्साहित भएको र पूर्वका कुना कुनाबाट कलाकृति बोकेर इटहरी आउने क्रम जारी रहेको श्रीले जानकारी दिए ।

जिल्ला बाहिरबाट आउने सर्जक, कलाकारहरूलाई यातायात खर्च दिइनेछ भने कार्यक्रम अवधि भरी बस्न खाना व्यवस्था निःशुल्क हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित