धरान आएर मन्त्री किराँतीले भने : हवाईजहाज उडाउनु भनेको ट्याम्पो गुडाए जस्तो होइन

धरान । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा एयरपोर्ट आवश्यक नभएको बताएका छन् । उनले हवाईजहाज उडाउनु भनेको सडकमा टेम्पाे गुडाए जस्तो सजिलो नरहेको पनि बताए ।

शुक्रवारबाट सुरु भएको धरान एक्सपाे उद्घाटन अघि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिने क्रममा मन्त्री किराँतीले यस्तो धारणा राखेका हुन । सञ्चारकर्मीहरूले धरानमा एयरपोर्ट बन्छ या बन्दैन भनेर राखेको प्रश्नमा मन्त्री किराँतीले वैज्ञानिक ढङ्गबाट अध्ययन गरी तयार पारिएको प्रतिवेदनको आधारमा मा तय हुने बताए ।

उनले विराटनगरकै विमानस्थल राम्रो सँग नचलेको अवस्थामा धरानमा एयरपोर्ट बनाइहाल्न नहुने बताए । सञ्चारकर्मीहरूसङ कुरा गरिसकेपछि मन्त्री किराँतीले धरान एक्सपाेकाे पनि उद्घाटन गरे । कोसी प्रदेश भरिका उद्योगी व्यवसायीलाई आमन्त्रण गरी सुरु गरिएको प्रदेशस्तरीय एक्सपाेमा धरान र आसपासका स्थानीय उत्पादन, कृषि उपज बेसार, कालो बङ्गुर, तीनपाने, अदुवा, अम्लिसो लगायतको प्रवर्द्धन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित