झापाबाट मोटरसाइकल चाेरेर ताप्लेजुङमा बिक्री , झापाका एसपी मिलन केसी भन्छन – "जिल्लालाई अपराधरहित बनाउछु"
![](https://snowberry.prixacdn.net/media/gallery_folder/jhapa%2525202_K6bUeZOtpF_19vh8omhvedbfc4mundrt1qmqth49c8zysbuhwsp3qih1w74qjvtqoyyqbtn_8YNT8HIhwv_qif1uljq6fu85zx0ywko4gs7sq4tp8ysygnipdcdtdeotgyfrzdwxvsxz7wq_F2Jj7Uduko_6no1ljcjhpgj4k7uy0bfqggpyehdv3tsmddhsakyx5iexntik7k2qxm8vg0n_CHu8CHipjd_0p4a4wb5mzglndjydpghljbpcvy5rpusigvhuut2jjmgn3ipuylrtuud9tez.jpg)
झापा । प्रहरीले झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका–३ का १९ वर्षीय गगन ऋषिदेव र सोही ठाउँबाट २७ वर्षीय रविन पासवान रहेका छन् । दुबैलाई प्रहरीले दमक नगरपालिका–६ बाट पक्राउ गरेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले १०२ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको केसीले जानकारी दिए । प्रहरीले बिहीबार अपराह्न ऋषिदेवलाई पक्राउ गरेको थियो । उनको साथबाट ब्राउनसुगर फेला परेपछि अनुसन्धान सुरू गरेको थियो ।
अनुसन्धान गर्ने क्रममा पासवानको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको केसीले बताए । झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ । कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन् । प्रहरी उपरीक्षक केसीका अनुसार दुबैलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
‘झापामा लागुऔषध बेचबिखन र ओसारपसार बढी नै हुने गरेको छ,’ उनले भने, ‘यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने अभियान थालिएको छ ।’ केसी भर्खरै झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका थिए । उनले तस्करी, लागुऔषध कारोबारलगायत अपराधमाथि प्रहरी निर्मम भएर लाग्ने योजना बनाएका छन् ।
उनले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो प्राथमिकताबारे जानकारी गराएका थिए । उनले आफ्नो प्राथमिकता लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण रहेको बताए । ’विशेष गरी यहाँ लागुऔषध कारोबार बढी नै हुने गरेको देखियो, मेरो अभियान यो सँगै तस्करी नियन्त्रणमा हुने छ,’ उनले भने, ’फरार प्रतिवादी पक्राउमा पनि उतिकै ध्यान केन्द्रित गरेका छौं ।’
झापा प्रहरीले दुई दिनमा १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउको दायरा बढाएर काम गरिने केसीले बताए ।
झापाबाट मोटरसाइकल चोर्दै, ताप्लेजुङ लगेर बेच्दै
झापामा शृंखलाबद्ध रूपमा मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–६ घर भई हाल झापा विर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने २७ वर्षीय योगेशकुमार भनिने बालकुमार मगर रहेका छन् ।
मगरलाई हालै पाँचथर हिलिहाङ गाउँपालिका–५ बाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिए । मगरले झापाका विभिन्न स्थानबाट आठ वटा मोटरसाइकल चोरी गरेको पाइएको छ । तीमध्ये ६ वटा पल्सर मोटरसाइकल छन् । ६ वटामध्ये पाँच वटा २२० सिसीका पल्सर र एउटा १५० सिसीको पल्सर मोटरसाइकल रहेका छन् ।
अन्य दुई वटामध्ये एउटा एनएस र अर्को १५० सिसीकै मोटरसाइकल रहेको केसीले जानकारी दिए । प्रहरीले ती मोटरसाइकल ताप्लेजुङको थेगिम्बा, नाल्बु, लिङ्थेप, फुङलिङलगायत स्थानबाट फेला पारेको छ । मगरलाई चोरी मुद्दामा अनुसन्धान थालिएको छ । उनले झापाबाट मोटरसाइकल चोरी गर्दै ताप्लेजुङमा लगेर बेच्ने गरेको खुलेको छ । प्रहरीले ती मोटरसाइकल ताप्लेजुङ पुगेर ल्याएको हो । मगरसहित मोटरसाइकल चोरीमा अन्य व्यक्ति पनि संलग्न छन् । उनीहरूको खोजी भइरहेको केसीले जानकारी दिए ।
![संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प](https://snowberry.prixacdn.net/media/gallery_folder/pahir_gqw4sCONFG_setgyppud7umugmplep4dw0ypnxgczqevpgbusooiglpjpwntca51dxdoeaw_te8VGcaW18_pijsqptcxawbpgvusgrhpnrbboh0lwmn8t4q2sihfgh6pk4ql3se3etlcznb.jpg)
संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प
![बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-mantri_LwOUivPhoZ_6u1ys7vtlwa6dmv0elk8jqvzfwq1lvsyhhoc3rfqbn9krzjbmbsztedhr432_afsHMACzUT_4idxm7j7ygiemjqssxcpobwgoiuscl28ektt6jsva0nlkovq0fsubechiyai.jpeg)
बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो
![भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो](https://snowberry.prixacdn.net/media/gallery_folder/Naglo%2520sip-bhojpur_hcraZQHSl5_c2doistvgsw3atatev4b0sazmytyx9ybgyjqjlf0w0i3vntafpe6v2apok9f_5hLG7GsFTU_18eptfrvgzimcwsf6t8fszopg45unsx1howqu5ngwb9qt35covtaf293bhq1.jpg)
भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_8ydjXcLVyr_ikspxwgesarb7tigjplpg3g8puajfr9n18ggzlt8xvferkpiitxj59el2rwp.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_4TrlnulARd_dkiaieposjxlaghjcncx2j1kskz8sgkowvablqmr5yaqw4bomzfe99xggivi.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_nxxtQBWMdh_8uxxxzdhcaggofvfomjt450cjk9ncwccnshyc3x8efftdiarz1r67umbcbfi.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_j1B03wPoSI_hjilpdz1xuddd4uhfkzndysumg5spkcamvnkpausjcugwzoo229lngubvfya.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_5PBvsXsLrS_altyitcpd1hlsfodrmzpxc2eianzdj92lhzji8mmsgztzztkzy2qy9jmlbk0.jpg)
प्रतिक्रिया