रङ्गेलीमा बाेरिङ गाडेकाे दुई वर्ष बित्याे तर सम्पन्न भएन काम

रबिन्द्र बराल

  मोरङ । मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली लगायत १० स्थानमा डि बाेरिङ काे निर्माणकार्य सुरु भएता पनि हाल सम्म निर्माण सम्पन्न नहुदा स्थानियहरू मारमा परेका छन ।  नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा  सिँचाई  जलस्रोत मन्त्रालय अन्तर्गत उक्त कामको सुरुवात गरेको थियो ।

 रंगेली नगरपालिका काे  गोहिगाडा, निचामरि , बागान टोल, वडा ४ देखि ९ सम्मकाे बिभिन्न भाग र सखुवाथानमा उक्त बाेरिङ का लागि कालिका बिल्डिङ्गले  काम सुरु गरेको थियोे । बिगत दुई १ बर्ष अगाडि १५ दिन सम्म काम गरेर उक्त बोरिङ गाडिएको थियो। तर डेढ वर्ष बितिसक्दा समेत अहिलेसम्म पनि साे बाेरिङ सञ्चालनमा आउन सकेको छैन।  

बाेरिङ सन्चालनमा आएमा साे  क्षेत्रमा रहेको ६ सय  बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीयले बताए । उक्त खेती हरुमा एकैचाेटी एउटै  फसल  उत्पादन भएको र सिँचाइको समेत एकैचोटी व्यवस्थापन गर्नुपर्ने भएका कारणले अरु कृषकहरुले   राखेको माेटरकाे पालो  पर्खुनु पर्ने अवस्था स्थानियहरू बताउछन । यता निर्माणकाे जिम्मा पाएकाे कालिका बिलिङका प्रमुख शैलेन्द्र न्यौपाने संग सम्पर्क गर्दा उनले  बाेरिङ गाड्ने काम सम्पन्न गरिसकेकाे दाबी गरे ।

  ऊर्जा तथा  सिँचाई  जलस्रोत मन्त्रालय का नीर गणेश पाेख्रेल का अनुसार बजेट अभाव का कारण काम गर्ने नसकेको र केही महिना अगाडि पुनः काम सन्चालन गर्ने स्टिमेट गरेर कामकाे लागि प्रक्रिया अगाडि बडाएकाे समेत पाेख्रेल ले बताए । रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया का अनुसार उक्त बोरिङ निर्माणका कार्यका लागि आफूहरूले स्थान मात्रै तय गरेर दिएको र अहिलेसम्म कुनै पनि ठेकेदारले आफूहरूसँग समन्वय नगरिकन निर्माण कार्य अधुरै पारेर छोडेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित