त्रीयुगामा मोटर साइकल दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमति गम्भिर घाइते

उदयपुर । ट्रकलाई ओभरट्रेक गरेर अघि बढन खोजदा भएको सवारी  दुर्घटनामा शुक्रबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ झोडामा बिहान १०.३० बजे भएको दुर्घटनामा परी  उदयपुरगढी गाउँपालिका ३ नेपालटारका ३४ बर्षिय रतन तामाङको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु  भएको प्रहरीले जनाएको छ ।

मृतककि श्रीमती सरिता तामाङ गम्भीर घाइते भएकोमा उनलाई उपचारको लागि बिराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जनाएको छ । मदन भण्डारी लोकमार्गको नेपालटारबाट गाईघाट तर्फ आउँदै गरेको को .२८ प ७०८६ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको प्र १–०५–०१ क.००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्दा उक्त दुर्घटना भएको प्रहरीले  जनाएको छ ।

ट्रकका चालक त्रियुगा नगरपालिका ११ का ४० बर्षिय बिनोद कुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित