नामिबियाले नेदरल्याण्डसलाई दियो २०४ रनको लक्ष्य

काठमाडौँ /  नामिबियाले नेदरल्याण्डसलाई २०४ रनको लक्ष्य दिएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको हो ।

नामिबियाका लागि जान निकोलले सर्बाधिक ४९ रन बनाएका थिए भने मलान क्रुगेरले ३९ र जान फ्राइलिंकले ३४ रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्डसका बलर भिभियान किन्ग्माले सर्बाधिक ३ विकेट लिए भने आर्यन दत्तले रोएलोफ भान डेरले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित