इन्द्रेणीबाट निकालिएका पाँच कलाकारसँग कृष्ण कँडेलको सहमति, एक्लिइन् शर्मिला

काठमाडौं । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

बिहीबार राती सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिवद्धता सहमतिपत्रमा गरिएको छ । निकालिएका कलाकारहरुले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरुले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिले फर्किँदा अप्ठेरो पर्न सक्ने उनीहरुको भनाइ थियो ।

इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरुले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । उनीहरुमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दावी समेत गरेकी छन् ।

यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानीको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरु कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् ।

अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो । तर वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् । कँडेलले स्कुटरमा चढ्दा पनि आफूमाथि दुर्व्यवहार गरेको उनको नयाँ दावी छ ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता