बाँके पुगेर गृहमन्त्री श्रेष्ठले भने –कुनै दबाबका अघि झुकिँदैन, देश लुट्नेलाई छाडिंदैन
बाँके । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।आज (शुक्रबार) नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने जनाउँदै उनले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका संकेत देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरी बजेट ल्याउने छलफल चलिरहेको समेत बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठूला ठूला कार्य गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रष्ट पारे ।
मन्त्री श्रेष्ठले भने, ‘सरकारले सुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडि झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइनेछ ।’ नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु अति आवश्यक भएको जनाउँदै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गरे ।
![चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात](https://snowberry.prixacdn.net/media/gallery_folder/rasuwagadi_dqJygGI8Bk_sj6xddosbgzr406ydegg4er6faw0yynpwioe1spfdveex7yvn7abrzsuqj66_epZX1wouBc_h62ved9j2ckxvwbnbuftcfch5pg2w06umkgzdl4ncfkrnhku5owntqzqf0tg.jpg)
चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_calsepZoSZ_mrwix3btjhquknxinp22riwbpays83i0wapdsmnspxhr0mrlnovzuxhiopcj.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_WkJslK1tbX_qwj28zhxd9liyirry3jua59gkb5gqm4bvvalqz7ngeetiymi9eymohnxrn7v.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_gbNbXyVWJs_ar0hwfeeampsdr1u3sudf66ym9ojylmx3x1q7gdrjvfeemsrrqab0xypa7sb.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_rkmPJq0uk7_4iinfxyoxph2rpwggdkronxnr5wthyidraqscyhfkdf0ad03qt2ocdwu1qsg.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_l62CwC6CXE_jhptbajsj2azymtnshblg2srtteqb8krhtooupplkvh6aujkbyvgldryxpda.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_kLyqycvVBa_6tkvhtjy4zwk4g5tyuwjkfjpxfpigtvcuqeyu2kty0otihbjrw1y1mh9a6w3.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_V6mBUxmUqo_oi34mchaayqmmlzggz0rvr2mhyvriqfuhba2jndafxtoeqi0vproyy3x7buu.jpg)
प्रतिक्रिया