आजबाट भारतमा महिला प्रिमियर लिग हुदैँ, शाहरूख खानको पनि उपस्थिति रहने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/GG3hv0zXsAAGtuE.jpeg_3dPON1UdzC_x014bmcjsbirkztcsxeuu4m9lnnhdcwuk5mr2uukaqxuxstw0cce3vqgzifx_alWwiXAYk9_sd6orpqdlwxg1ex7i75yylnviqq0hgxil1kmk4cc9cbsocvs3rq7d4szzvjo.jpeg)
बैंग्लोर । भारतीय महिला प्रिमियर लिग २०२४ आजबाट सुरु हुदैँछ । यो लिग यही शुक्रबार अर्थात २३ फेब्रुअरीबाट सुरु हुँदाँ यसको उदघाटन खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।
यो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच हुनेछ । खेल साँझ ७ः३० बजे सुरु हुनेछ तर यस प्रतियोगिताको उद्घाटन समारोह त्यसको एक घण्टा अगाडि अर्थात् साँझ ६ः३० बजेबाट सुरू हुनेछ । जसमा बलिउडका ठूला स्टारहरु तरंग मच्चाउने छन् ।
महिला प्रिमियर लिग २०२४ को उद्घाटन समारोहमा वरुण धवन, टाइगर श्राफ, कार्तिक आर्यन, शाहिद कपूर र सिद्धार्थ मल्होत्रा जस्ता सुपरस्टारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्। यस क्रममा शाहरुख खान पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् ।गत वर्षको उदघाटन समारोह भन्दा यस वर्षको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ ।
महिला प्रिमियर लिगको उद्घाटन समारोहको लाइभ स्ट्रिमिङ जियो सिनेमा एपमा हेर्न सकिन्छ। साथै स्पोर्टस–१८ च्यानलमा प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ ।
महिला प्रिमियर लिगको यो दोस्रो सिजन हो । पहिलो सिजन एउटै स्थानमा खेलाइएको थियो तर यस पटक लिग दुई स्थानमा खेलाइनेछ । बैंगलोर र दिल्लीलाई यस लिगको आयोजक सहरको रूपमा छनोट गरिएको छ। २३ फेब्रुअरी देखि ४ मार्च सम्मको उद्घाटन खेल देखि सबै खेलहरू बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा खेलाइनेछ।
यसपछि लिग चरणका बाँकी खेलहरू र एलिमिनेटर र फाइनलका खेलहरू मार्च ५ देखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछन्। दुवै स्थानमा ११–११ खेल हुनेछन् ।
यसपटक महिला प्रिमियर लिगमा कुल २२ खेल हुनेछन् । लिग चरणमा पाँच टोलीले एक एक गर्दै आमनेसामने गर्नेछन् । प्रतियोगिताको फाइनल खेल १७ मार्चमा हुनेछ ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_MxrDsNfLuo_qr2klvv2o8tjwqvslqsvghwtl4j2dwkmiq4naijghccdcjtcmjlt2uhpar86.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_HasZGKYHJA_h7jpd9zk2nrj3efbz6ecdhbcyibmlgmp15ia3aqzwzddjggs8brzq3j326za.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_yq8OsGh3PC_qz1koutnjvczrafqok5lcj8lc1ad79i0azvecihuuxm9ws8zaruapzigamzv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_zVq6hKqcZh_f6pq8m5jevqbwetedlzp8yvgg4n3q7o3mi05m9jvg7wnzefvuzecqwu3vvmu.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_a54LBTITK1_k9f4lhxsvknvmzqmkjeoh6taapy20etkbz8ke9uyjyjziw9816mckspqno1n.jpg)
प्रतिक्रिया