अन्तत सन्दीप जेल जानु नपर्ने, थुना बाहिरै बसेर मुद्दा लड्न पाउने

इटहरी । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुना बाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुना बाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन् ।

सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ । सन्दीपलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका हुन् । सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन दर्ता गराएका हुन् ।

काठमाडौं जिल्ला अदाललते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जबरजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित