क्यानडा-११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज

काठमाडौं / क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको थियो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।

क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।
 
 

प्रतिक्रिया

सम्बन्धित