तरहरामा स्कुटर दुर्घटना हुँदा प्याराडाइज स्कुलका शिक्षक तेन्जिङ तामाङको मृत्यु

इटहरी । सुनसरीको इटहरी २० तरहरास्थित भित्री सडकमा तिब्र गतिको स्कुटर भित्तामा ठोक्किएर दुर्घटना हुँदा स्थानीय प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक तेन्जिङ तामाङको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार बिहान १:३० बजे मे १० प ४९२९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर भित्तामा ठोक्किँदा शिक्षक तामाङको मृत्यु भएको हो ।

गम्भीर बनेका तामाङको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ । मृतक तामाङ तरहरा स्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको बुझिएको छ । 

प्रतिक्रिया

सम्बन्धित