झापामा बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए , अभिभावक देखि अतिथी सम्म सबै छक्क

झापा । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक चकित बने ।

सरकारलाई समेत प्लाष्टिक व्यवस्थापनमा समस्या परिरहेको अवस्थामा विद्यार्थीले सहजै प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा कार्यक्रममा सहभागी अधिकांशले सरकारको कमजोरीका कारण क्षमता भएर पनि नेपाली बिद्यार्थी विदेशिनु परेको आरोप समेत लगाए ।प्लाष्टिक प्रयोग गर्दै विद्यार्थीले प्रयोगात्मक रुपमा पेट्रोल उत्पादन गरेर देखाउँदा प्लाष्टिकको व्यवस्थापन गर्न सहज रहेको र सरकारले यस खाले प्रविधि भित्र्याएर थोत्रा प्लाष्टिक व्यवस्थापनसँगै पेट्रोल उत्पादन गर्न सकिने बताएका थिए ।
कक्षा ११ र १२मा अध्ययनरत् बिद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका थिए ।

 वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ,आर्ट,म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो ।सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् । त्यस्तै अन्य बिद्यार्थीले समेत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय परिसरमा आयोजना गरिएको ‘स्टेम फेष्ट’को उद्घाटन बिर्तामोड नगरपालिकी प्रमुख पवित्रादेवी महतरा प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै गरेकी थिइन् । यस अघि विद्यालयको गेटमा रहेको रिवन मोवाइल एपद्वारा कन्ट्रोल गर्दै रोवटले काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । विहान १० बजेबाट शुरु भएको कार्यक्रम दिनभर सञ्चालनमा थियो । 

दुई सत्रमा देखाइएको सो प्रर्दशनीमा विद्यार्थी सहित पाँच हजार अभिभावकले अवलोकन गरेको विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले बतााए । विद्यालयका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, गणित, खानेका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रर्दशनी गरेको थियो ।
प्रर्दशनीमा पाँचसय भन्दा धेरै प्रकारका विद्यार्थीद्वारा निर्मित साधारणदेखि विशिष्ठकृत सामग्री राखिएको विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित