अपहरणको आरोप लागेपछि बोले गणेश लामा , खाेले भित्री रहस्य
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ganesh_YC581DTjrm_tcdqsp38ev9jqazgv28wkpicrkhfsosw0yuyy8h6kjwskil02qnt17gmxl3n_2YplRMzvOU_j7are2yw5m05trxqhkoshebdffyiao91wvip7tngamppzjserpwrl5urll4b.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । खड्काले आफूलाई लामा लगायतले अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको जानकारीसहितको विज्ञप्ति जारी गरेपछि लामाले पनि पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन् ।
तर, लामाले विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए । जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र त्यसपछि सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । डेढ/दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए ।
उक्त विषयमा अहिले छानबिन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए । ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ । ०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले बताए ।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_feGiEqnMFH_gb92cfmemouxxi03n9snv7llxauzftypeh6yiki1ddr63cgbhskclu8mvx8p.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_3qorUgdBqK_9xkeyyun7mqa9jx8wz5qf3fkplojsagyykg3asxxjkiag4oywytw0rlaqtmy.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_Lv1AxG3Oyo_ep06gpesa5hmcmjqaew6tmpgllw72yjrpjuuxjmqxg3eikodqmyfbtzjm3k8.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_hG3YNdIxh2_rd8dtpdt1tvawtd2vvwalrfciu3trktnfypmtt58hhukynofyjodh9btrbcf.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_xAt1Nu00v8_rsfxtjpspqu0pbfpyuaxvi9p2mmyyj90eij9h6zcv4s0qyfcxpwqontinvyt.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_vCk7Q8ii4M_xqiuysiqz5m5gseariuveumpwicbcuh83izenrrftpltm3mbbwlvzmhvgpyv.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_ybssFfz3N2_8nzcmy6kjrilugvglid29wz28zx9xidbsmvlbxrew4jdqpa6ut0huy0bosco.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_ByJq8BrqhX_qxtuakf2vgdz3hyxnt2gbhxmqryw59yknqyv8q5atabwiiotd3cqjxg5n0bg.jpg)
प्रतिक्रिया