यि हुन किड्नी बिगार्ने मुख्य पाँच तत्व
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kidney-fail_6uheF6r7nI_wfynr6jqx8zctkez7mjo69jlyjxeqfx5s5tlxqbqaku2t7fm9vp5thglr8r6_VsAdWMSkOl_w5lj9waiobvld6euxyxic3yrejxg7urir3fgnjhm2trj672uxawdeevdeg4i.jpg)
एजेन्सी । किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ । सामान्य टाउको दुखाई, पेट दुखाईमा मानिसहरु बिना चेकअप मेडिकलमा गएर सोझै औषधी लिने गर्छन् । यसले गर्दा किड्नीलाई धेरै नोक्सान गर्ने काम गर्छ ।
किड्नी समस्या हुनुमा मुख्य यी कारणहरु रहेका छन् ।
धेरै नुनिलो खानेकुरा खानु
धेरै नुनिलो खानेकुरा खानाले किड्नीमा समस्या पैदा गर्नसक्छ । यसले ब्लड प्रेसर समेत बढाउने काम गर्छ । जसका कारण किड्नीमा नराम्रो असर पुग्न जान्छ ।
ज्यादा ननभेज खाना
मासुमा पर्याप्तमात्रामा प्रोटिन हुने गर्छ । ज्यादा मात्रामा प्रोटिन डाइट लिने गर्दा किड्नीमा मेटाबोलिक लोड बढ्न जान्छ । जसका कारण किड्नीमा स्टोनको समस्या देखिन सक्छ ।
रक्सी पिउनु
ज्यादा मात्रामा रक्सी पिउनाले किड्नीमा समस्या देखापर्छ । यस लिभरमा पनि नोक्सान पुर्याउने काम गर्छ । ज्यादामात्रामा कोल्ड ड्रिंक पिउनु पनि किड्नीको लागि राम्रो मानिदैन ।
चुरोट सेवन गर्ने बानी
चुरोटको सेवन गर्नाले टाक्सिंस जम्मा हुनेगर्छ । यसले किड्नीलाई ड्यामेज गर्ने काम गर्छ । यसका कारण बिपी पनि बढ्छ ।
पिसाब रोकेर बस्नु
हामी समयमा काम सक्छौ भनेर लामो समय पिसाब रोकेर बस्ने गर्छौ । यसको सोझो असर किड्नीमा पर्ने गर्छ । किड्नीमा व्याकटेरिया कारण इन्फेक्सन समेत हुनसक्छ ।
पानी थोरै वा धेरै पिउनु
दैनिक ८–१० गिलास पानी पिउनुपर्छ । यो भन्दा कम पानी पिउनुले शरिरमा जम्मा भएको टाक्सिस किड्नी फंक्सनमा नराम्रो असर पार्छ । पानी धेरै पिउनुले किड्नीलाई धेरै असर पर्ने गर्छ ।
धेरै खाना खानु
सामान्य मानिसभन्दा मोटो मानिसहरुको किड्नी खराब हुने सम्भावना ज्यादा हुन्छ । धेरै खाना खाँदा तौल छिटो बढ्छ । यसकारण धेरै खाना खानु राम्रो मानिदैन ।
पुर्ण निन्द्रा नलिनु
पढाइको समयमा दैनिक मानिस ७–८ धण्टा पनि सुत्दैन जसका कारण हाई ब्लड प्रेशर हुने सम्भावना बढेर जान्छ । यसमा किड्नी डिजिजको आशंका पनि बढेर जाने गर्छ ।
धेरै औषधीको प्रयोग
धेरै औषधी सेवन गर्ने बानीका कारण किड्नी फेल हुनेगर्छ ।
बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_QyPUQGbQ88_of3ieawthluzvgasotxmn9fyycwd0duotdnfudiqkkugjhuawi7ypjv4u5vb.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_HsamAFnbsy_slrks28fawlsw6gdovc9nlimc3ltkpny0mzj3mgvhf5fdtczma3to2vjbk0n.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_KeWOmyw6Sk_muhvx2j6u0zmjpv4c3f9t4i3gf8uw12fqb5zembl72wsk5lpiommlfsxemim.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_qHdeuGph7t_ldxp2lntwge1ryzzxketbrikkfjhml0mc1fy38ebbld6bqcstuegdyqaxfud.jpg)
प्रतिक्रिया