कांग्रेसका अधिकांश जिल्ला सभापति चुनावी गठबन्धनको विपक्षमा

काठमाडौँ । नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन बुधबार विभिन्‍न पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाबारे प्रस्ताव तथा लेखासमिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमा छलफल भइरहेको छ ।

गठबन्धनको विपक्षमा सभापतिहरू

समूहगत छलफलका क्रममा अधिकांश जिल्ला सभापतिहरूले चुनावी गठबन्धनको विपक्षमा आफूलाई उभ्याएका हुन् ।उनीहरूले कांग्रेसले आफ्नो बलमा अघी बढ्नुपर्ने बताउँदै गठबन्धन अब आवश्यक नभएको मत राखे । छलफलमा सहभागी चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित