पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

 

इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन्। उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो।     

आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन्।     

सो विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ। सिफारिस समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ। 

 

प्रतिक्रिया

सम्बन्धित

संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहित संचालनमा

संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहि…

शिक्षा मन्त्री सुमनाले चालिन कडा कदम : राजनीतिमा लागेका शिक्षकलाई बर्खास्तको तयारी , आयोगसँग मागिन शिक्षकको विवरण

शिक्षा मन्त्री सुमनाले चालिन कडा कदम : राजनीतिमा लागेका शिक्षकलाई बर्खास्तको त…

बिराटनगरमा संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

बिराटनगरमा संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्यार्थी मध्ये १ हजार २ सय ६४ मात्रै उतिर्ण

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्य…

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक

प्याराडाइज स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

प्याराडाइज स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस