दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/423766394_1347722182535498_4061440582558492150_n.jpg_AHCxmAzZyh_fsqejxltpr7fb5xq3wnql7fggycaax5qbacuo2ufnsc0twe2an06b0g1ot7n_zFJ6tIfleT_jfako8evv6ovy1rcvpziwhjjbv0pcgjhbkodd9m3anrjfhtfgng4uaqriqmw.jpg)
रौतहट / रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा नशा रोगबाट पीडित बिरामीहरुको विषेशज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिने अध्यक्ष सिंहले बताए ।
प्रदेशमै मुटुसम्बन्धी सफल इन्टरवेशन सर्जरी गर्दै आएका नेशनल मेडिकल कलेज वीरगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जीतेन्द्र कुमार मिश्रा, डा अफरोज अन्सारी, तथा वरिष्ठ स्पाईन नशा रोग विशेषज्ञ डा सरफरोज अन्सारीसहितको टोलीले दुर्गाभगवती स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविरमार्फत् स्वास्थ्य सेवा दिइरहेका छन् ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै मुटु तथा छातीसम्बन्धी समस्या भएका बिरामीलाई ईसीजी, भिडियो एक्सरे, इको, सुगर जाँच, ब्लड प्रेसर लगायत जाँच भइरहेको छ। बिरामीलाई आवश्यकताअनुसारको औषधिसमेत निःशुल्क उपलब्ध गराइने अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष शिला देवी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थय संयोजक दिनेश महतो लगायतको उपस्थित रहेको ईन्जिनियर सुरज मिश्राले जानकारी दिए ।
![हेपाटाइटिस के हो र यो किन यति घातक छ? कसरी बच्ने ?](https://snowberry.prixacdn.net/media/gallery_folder/heapataistic_83ixR9Zxk3_lgav6596fil3gdwpygqqkj9wznj2wauhdqoefkrxoqbxlanhro2b1ucqnfhp_lkgg77iMgz_o3epppchuw1e0ldq2bx9ezzmvc0wjcxvtsjjeegercfbubfdv24yckxnmdv4.jpg)
हेपाटाइटिस के हो र यो किन यति घातक छ? कसरी बच्ने ?
बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_n6WZKEoZ3f_wxgpibx0yparr4at5dx23vypshsjwutschsmwangewvrxzvo7214cvscdxda.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_HsamAFnbsy_slrks28fawlsw6gdovc9nlimc3ltkpny0mzj3mgvhf5fdtczma3to2vjbk0n.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_KeWOmyw6Sk_muhvx2j6u0zmjpv4c3f9t4i3gf8uw12fqb5zembl72wsk5lpiommlfsxemim.jpg)
प्रतिक्रिया