पथरीशनिस्चरेमा एनआइसी बैङ्क विरूद्ध व्यवसायी आन्दाेलित , ताला खुलेपनि सेवा प्रभावित

इटहरी ।  ग्राहकले आफ्नो खातामा जम्मा गरेको रकम बैङ्कका कर्मचारीले चोरी गरेको समाचार बाहिरिएपछि मोरङको पथरी शनिस्चरेस्थित एनअाइसी बैङ्कको शाखामा व्यवसायीहरूले बुधवार ताला लगाएका छन् । बैङ्कका कर्मचारी र शाखा म्यानेजर सँग यस विषयमा पटक पटक बुझ्न खोज्दा चित्त बुज्दाे जवाफ नदिएपछि असन्तुष्ट व्यवसायीहरूले बुधवार शाखामा ताला लगाएका हुन । 

पथरि शनिस्चरेस्थित साइराम ट्रेडसका सञ्चालक जुली पराजुली र द्वारिका बस्नेतको खाताबाट बैङ्कका कर्मचारीले दैनिक हजार रूपै या गायब बनाएको घटना मङ्गलवार सार्वजनिक भएको थियो । घटना पछि बैङ्कका कर्मचारीहरूलाई सोधी खोजी गर्दा चित्त बुज्दाे जवाफ नदिएपछि रुष्ट बनेका व्यवसायीहरूले बुधवार एनअाइसी बैङ्कको शाखामा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन । 

बैङ्कको शाखामा ताला लगाएपछि प्रदान हुने सबै सेवा अवरुद्ध बनेको छ । हाल सो स्थानमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने ताला खुलेपनि सेवा भने प्रभावित बनेकाे पूर्वेली सहकर्मी गाेपाल काफ्लेले जानकारी दिएका छन । 

प्रतिक्रिया

सम्बन्धित