झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं /  नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । 
 

प्रतिक्रिया

सम्बन्धित