रास्वपा काेशी महामन्त्री लाल लालविक्रम थापा कार्वाहिमा : पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बित

इटहरी । पार्टीको निर्देश र आचरण विपरीत कार्य गरेको अभियोग सहित राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेशका महामन्त्री लाल विक्रम थापा कार्वाहिमा परेका छन् ।

थापालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको र सो विषयमा पार्टीले जिम्मेवार बनेर आफै उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको एवम् पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोप लगाउँदै फागुन ७ गतेबाट कार्वाहि स्वरूप पार्टीले निलम्बन गरेको हो ।

रास्वपा केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेता थापा माथि कार्वाहि गरेको जानकारी दिएको छ । पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग की प. स. ०८०/८१ च. नं. ८० मिति २०८०/११/०७ को पत्र अनुसार कोसी प्रदेश समितिको महामन्त्री तथा सदस्य पद बाट अर्को निर्णय नआइन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ ।

अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको सङ्गठन सम्बन्धी काम कार्वाहीहरु प्रदेश संडठन विभाग सचिव मार्फत हुने जानकारी गराउँदछौ ।'विज्ञप्तिमा उल्लेख गरिएको छ । नेता थापाले गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित