महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

रौतहट / रौतहट सदरमुकाम गौरस्थित राजदेवी मिडियाले आयोजना गरेको महिला साइकल दौड प्रतियोगितामा गौर नगरपालिका–५  कि चंचला कुमारी प्रथम भएकी छन् । ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चंचला कुमारी प्रथम भएकी हुन् । 

फाइनल दौडमा सहभागी भएका २०  जना प्रतियोगीमध्ये उनी प्रथम हुँदा राजदेवी नगरपालिका–७ कि रानी कुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ कि  बबिता कुमारीले तेस्रो स्थान हासिल गरिन् । 

प्रतियोगिताका प्रथम विजेतालाइ ५० हजार, दोस्रो ३० हजार र तेस्रोलाई २० हजार नगद पुरुस्कार दिइएको आयोजक राजदेवी मिडियाका अध्यक्ष रामापुकार पटेलले बताए । 

१४० मध्ये  छनौट भएर फाइनलमा सहभागी भएका २०  जना महिलालाई पुरुस्कार स्वरुप एक एक थान साइकल प्रदान गरिएको छ । राजदेवी मिडिया प्रालिले प्रजातन्त्र दिवसको अवसर पारेर११ वर्षदेखि महिला साइकल दौडको आयोजना गर्दै आएको छ।

सो प्रतियोगितामा प्रमुख अतिथि रुपमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

उनलाई चन्द्रनिगाहपुर जसपा केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद रामकिशोर यादव, जिल्ला अध्यक्ष श्यामा बिहारी यादव, प्रदेश सांसद शोभा साह लगायत नेता कार्यकर्ता लामबद्ध भएर फूलको मालासहितले स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित