कटप्पाको भूमिकामा सञ्जय दत्तलाई लिन चाहन्थे राजमैली , जेल परेपछि फेरिए कलाकार
एजेन्सी । पान इन्डिया फिल्मको इतिहासमा बाहुबली फिल्मको नाम कहिल्यै भुल्ने छैन । यो फिल्मसँग जोडिएका कलाकारले पनि निकै चर्चा कमाए । चाहे त्यो प्रभास होस् वा अनुष्का शेट्टी वा तमन्ना भाटिया । यो फिल्ममा आएपछि सबै स्टारहरु चर्चित भएका थिए । यस फिल्ममा सञ्जय दत्तले पनि भूमिका पाउने भएका थिए तर, निर्माताको यो चाहना भने पूरा हुन सकेन । सञ्जय दत्तले फिल्मको सबैभन्दा यादगार र लोकप्रिय पात्र पाउन सकेनन् । सञ्जय दत्तपछि यो भूमिका पाएका व्यक्ति पनि पान इन्डिया स्टारका रूपमा चिनिए ।
फिल्मसँग सम्बन्धित यो जानकारी फिल्मका निर्देशक एसएस राजामौलीका बुबा वी विजयेन्द्र प्रसादले दिएका छन् । एक अन्तर्वार्तामा उनले फिल्ममा बाहुबलीको भूमिकाका लागि प्रभास पहिलो रोजाइ भएको बताए । तर कटप्पाको भूमिकाका लागि सत्यराज पहिलो रोजाइ भने अवस्य पनि थिएनन् । यो भूमिका लेख्दा फिल्मका निर्माताहरुको दिमागमा सञ्जय दत्तको अनुहार मात्रै आइरहेको थियो । तर प्रयास गर्दा पनि निर्माताले बाहुबलीको कटप्पाको भूमिका सञ्जय दत्तलाई दिन सकेनन् । कारण थियो, सञ्जय दत्त त्यतिबेला जेलमा थिए । यसै कारण निर्माताले सत्यराजलाई यो भूमिका दिएका हुन् ।
बाहुबली : पार्ट वन सन् २०१५ मा रिलिज भएको थियो भने सन् २०१६ मा सञ्जय दत्त जेलबाट छुटेका थिए । सञ्जय दत्त जेलमा हुँदा फिल्मको सुटिङ सुरु भइसकेको थियो । जेलमा रहेका कारण सञ्जय दत्तले यस्ता अविस्मरणीय भूमिका गुमाउनु प¥यो र सत्यराजले दक्षिण भारतीय चलचित्रदेखि बलिउडसम्म विशेष पहिचान पाएका छन् । कटप्पाले बाहुबलीलाई किन मा¥यो यो प्रश्न निकै लामो समयसम्म खोजीको बिषय बन्यो, जबसम्म बाहुबली पार्ट टु आएन ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_V6IyXL5YnA_jtsi1h9kzsyij6r5tbhvojsegoaen6orkcgxsemqx95p2e6gdobpwlqgwkob.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_jtOft1AUi4_pvltyz3oryk16boh8hhj7dpfpewfnaxdmjucl2zefjrhimwldjnyocm75ac6.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_z5ELhlsO3U_zsckwfaxkv2i2tcmk3odobopb9wi0ff3f4x8akdvmif0cfaoqab2zmtdibp4.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wNR33LhrQj_4zzgrdgmxcqpgyrd6hov0oarqyfcnalodutq1g4vakavzzpfzobfnybpbfax.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_YPDhLiiPSf_qy5910gs1iprwswxef2kxuzluchtbbclqqvicoa2wrebfka5vkerhcotasdb.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_JyuS5EG2So_1nnjfa4nmq6coobsuftbq2dtj9i2kep8fej06ke7jl5uj2phwtzmw0ellcx4.jpg)
प्रतिक्रिया