संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाइ स्त्रीको रूपमा पुजा गरिन्छ

एजेन्सी । भारतमा धेरै मन्दिरहरू छन्, जुन आ–आफ्नो आस्थाका लागि प्रसिद्ध छन् । ती मन्दिरहरू भक्तजनहरुको आस्थाको फरक फरक केन्द्र बनेका छन, जसमा यी मन्दिरहरूमा विभिन्न प्रकारका चमत्कारहरू देख्न सकिन्छ ।

तर, आज हामी यस्तो समाचारमा तपाईलाई बताउन गइरहेका छौँ, जहाँ हनुमानजीको नारी रूपमा पूजा गरिदैँ आइएको छ । यहाँ हनुमानजीलाई चोल नभई १६ वटा श्रृंगार चढाइने गरिन्छ । जबकी, हनुमानलाइ महिलाहरूले पुजा गर्न हुँदैन भन्ने मान्यता पनि रहँदै आएको छ ।

यो हनुमानजी मन्दिर छत्तीसगढको गिरजाबन्धमा अवस्थित छ । यस स्थानमा १६ वटा श्रृंगार गरेर हनुमानजीको नारीको रुपमा पुजा गरिन्छ । अब सोह्र श्रृंगार गरेर हनुमानजीको पूजा किन गरिन्छ भन्ने कुरा सोच्न लायक छ । साथै, यसको पछाडि के विश्वास छ ? विस्तृतमा बुझ्नुहोस् ।

हो, तपाईले सहि पढ्नुभयो, यो समाचारमा हामी हनुमानजीको कुरा गर्दैछौं । हनुमानजीको यो मन्दिर छत्तीसगढको बिलासपुरबाट २५ किलोमिटर टाढा रहेको छ । यो मन्दिर संसारको एक मात्र यस्तो मन्दिर हो, जहाँ हनुमानजीलाई महिलाको रुपमा पुजा गरिन्छ । यहाँ हनुमानजीको मूर्तिलाई पनि सोह्रवटा श्रृंगार चढाइन्छ ।

पौराणिक मान्यताका अनुसार यो गिरजाबन्धमा अवस्थित भगवान हनुमानको अवतार थियो । हनुमानजी हरेक दिन द्वारकापुरीबाट यहाँ डुंगा बनाउन आउने गरेको जनविश्वास छ । स्थानीय बासिन्दाका अनुसार हनुमानजीको मन्दिरमा दर्शन गर्न स्वदेश मात्रै नभएर विदेशबाट समेत मानिसहरु आउने गर्दछन् ।

साँचो मन र भक्तिले मनोकामना ल्याएमा मनोकामना अवश्य पूरा हुने जनविश्वास रहेको छ । साथै, त्यस्ता भक्तलाइ हनुमानजीको आशीर्वाद पनि रहदैँ आएको छ । यो मन्दिर देवजु नामक राजाले बनाएको भनिन्छ । राजा हनुमानजीका परम भक्त थिए तर कुष्ठरोगबाट पीडित थिए । राजा देवजुले रतनपुरमा धेरै वर्ष शासन गरेका थिए ।

हनुमानजीले नै राजालाई मन्दिर बनाउन आदेश दिएको विश्वास गरिन्छ । त्यसपछि मात्र राजाले मन्दिर निर्माण गराएको भनिंदै आएको छ । मानिसहरू भन्छन् कि राजाको सपनामा हनुमानजी पनि देखा परेका थिए र उनलाई महामाया कुण्डबाट मूर्ति हटाएर स्थापना गर्न नारी रूपमा पुजाआजा गर्न आदेश दिएका थिए । त्यसपछि मात्र राजाले मन्दिरमा मूर्ति स्थापना गरेका हुन भन्ने जनश्रुती रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित