सुनसरी सेन्ट जेवियर्स स्कुलद्वारा रजत जयन्ती धूमधामकासाथ सम्पन्न (तस्विरहरू सहित )

इटहरी । इटहरीस्थित सुनसरी सेन्ट जेवियर्स सेकेन्डरी स्कुलले सोमबार २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती धूमधामले सम्पन्न गरेको छ । विद्यालय स्थापनाकालकाे २५ वर्ष पार गरेको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित रजत जयन्ती कार्यक्रम सम्पन्न गरेको हो । शान्तिको प्रतीक परेवा उडाएर उद्घाटन गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो क्षमता अनुसारको कलाहरू प्रस्तुत गरेका थिए । 

 रजत जयन्ती तथा वार्षिकाेत्सवकै अवसरमा विद्यालय परिसर भित्र विद्यार्थीहरूले तयार विज्ञान प्रदर्शनी एवम् विभिन्न कलात्मक बस्तुहरूको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा विद्यालयले वर्षभरि आयोजना गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलाप र विभिन्न तहगत परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ पुरस्कार र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा इटहरीका सकृिय समाजसेवी राजु केसी र राजकुमार तामाङलाई सम्मान गरिएको थियो । 

 विद्यालयका संस्थापक प्रधानाध्यापक कवीन्द्र मण्डलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा दुई सय भन्दा बढी अभिभावकहरूको उपस्थित रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका शिक्षा शाखा प्रमुख द्राेण दाहालले विद्यालयको बारेमा खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा रेडियोकर्मी लक्ष्मी थेबे , समाजसेवी लाल बहादुर श्रेष्ठ,रत्न बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०५५ सालमा स्थापना भएको सुनसरी सेन्ट जेवियर्स स्कुलमा हाल ५ सय बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित