सङ्खुवासभाको भाङ्गटार स्थित पाथीभरा मन्दिरमा भक्तजनकाे चहलपहल बढ्दै

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा आन्तरिक धार्मिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटक तथा स्थानीय भक्तजनहरूको घुइँचो लाग्ने गरेको त्यहाकाे समितिले जनाएको छ । चहल पहल सँगै माघ महिनामा करिब ५ सय जनाले मन्दिरको दर्शन तथा पूजाआजा गरेको सिद्ध देवी पाथीभरा संरक्षण संस्थाले जनाएकाे छ । मन्दिर स्थापना पछि दर्शन गर्न आउने आन्तरिक भक्तजनहरूकाे संख्या बिगतकाे भन्दा याे महिना बृद्धि भएकाे स्थानिय देवराज पुरीले बताए । 

ताप्लेजुङको पाथीभरामा भाकल गरेको तर जान नसकेका अशक्त , ज्येष्ठ नागरिक तथा बालबालिकाहरू गरी माघ महिनामा ५ सय जनाले यही आएर भाकल पुरा गरेको संस्थाले जनाएकाे छ।

धार्मिक अनुस्ठाका साथ आफ्नो भाकल पुरा होस भनी आएका भक्तजनहरूबाट केहि मात्रामा भेटि संकलन हुने गरेकाे   र सो भेटि रकम यही  मन्दिर व्यवस्थापनमा खर्च गरिने पनि संस्थाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित