मृत्युको मुखबाट बाँचेर आइन् रश्मिका मन्दना , भन्छिन – 'भाग्य बलीयाे भएर बाचीयाे'
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rrrrr_3529NWHJrh_s2prdb4ey9k1sgvelbkglxetancdfrzvgbicqzvzzdg2yooaanvozshbbkik_nx9GWmi9BV_diuz733ujad6zudqmzohwypibgb4dtnmnjhciwys9yopfysxc1ohdilyn4kn.jpg)
एजेन्सी । नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुखबाट बचेर आएकी छिन् । अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो । यो घटनापछि अभिनेत्री र विमानमा उपस्थित सबै यात्रुहरू निकै डराएका थिए । रश्मिका आफैँले सामाजिक सञ्जाल पोस्टमार्फत यस घटनाको जानकारी दिँदै मृत्युको मुखबाट बचेर आएको भनेकी छिन् ।
पोष्टमा रश्मिकाले फ्लाइटमा बसेको तस्बिर पनि शेयर गरेकी थिइन् । केही क्षणमै यो पोस्ट भाइरल बन्यो । अभिनेत्रीका फ्यानहरूले रश्मिका अन्य यात्रुहरूको लागि चिन्ता व्यक्त गरेका थिए । रश्मिका दक्षिण भारतीय अभिनेत्री श्रद्धा दाससँग ट्राभल गरिरहेकी थिइन् ।
आफ्नो इन्स्टाग्राम स्टोरीमा रश्मिकाले श्रद्धासँगको सेल्फी सेयर गर्दै लेखेकी छिन्, ‘मात्र तपाईंको जानकारीको लागि, यसरी हामी मृत्युबाट बच्यौं...’ डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार उक्त फ्लाइट मुम्बईबाट हैदरावाद जाँदै थियो । त्यसमा प्राविधिक गडबडी भयो । जसका कारण विमानमा उपस्थित सबै मानिसहरु डराए ।
उडानमा प्राविधिक त्रुटि
प्राविधिक त्रुटिको छानबिन गर्न सकियोस् भनेर फ्लाइट उडेको ३० मिनेटपछि नै मुम्बई फर्किएको समाचारमा अगाडि दाबी गरिएको छ । यस घटनामा कसैलाई पनि घाउचोट लागेन । रश्मिकाले शेयर गरेको तस्विरमा उनी र श्रद्धा दास हाँसिरहेको देखिन्छन् । उनले क्याप्सनमा हाँस्ने इमोजी पनि राखेकी थिइन् ।
को हुन् श्रद्धा दास ?
श्रद्धा दास तेलुगु, तमिल र मलयालम फिल्म उद्योगको शीर्ष अभिनेत्री हुन् । रश्मिकाले भने ‘पुष्पाः द राइज’मार्फत दक्षिण र उत्तर भारतमा लोकप्रियता कमाएकी थिइन् । यतिबेला उनी बलिउड फिल्म ‘एनिमल’को सफलताको स्वाद चाखिरहेकी छिन् । यसमा उनी रणवीर कपुरको अपोजिट देखिएकी थिइन् ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_V6IyXL5YnA_jtsi1h9kzsyij6r5tbhvojsegoaen6orkcgxsemqx95p2e6gdobpwlqgwkob.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_jtOft1AUi4_pvltyz3oryk16boh8hhj7dpfpewfnaxdmjucl2zefjrhimwldjnyocm75ac6.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_z5ELhlsO3U_zsckwfaxkv2i2tcmk3odobopb9wi0ff3f4x8akdvmif0cfaoqab2zmtdibp4.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wNR33LhrQj_4zzgrdgmxcqpgyrd6hov0oarqyfcnalodutq1g4vakavzzpfzobfnybpbfax.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_YPDhLiiPSf_qy5910gs1iprwswxef2kxuzluchtbbclqqvicoa2wrebfka5vkerhcotasdb.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_y6nNHOJkDH_1e5oicsre0lfufqkg8hm7lqwml8gthw8p0zfencqcot1e5pkimbyst75hgjr.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_JyuS5EG2So_1nnjfa4nmq6coobsuftbq2dtj9i2kep8fej06ke7jl5uj2phwtzmw0ellcx4.jpg)
प्रतिक्रिया