धरानमा वीपीकाे गेट ड्राेजर लगाएर भत्काइयो : पक्राउ परेका दुइजनालाई छुटाउन स्थानीयले घेरे प्रहरी कार्यालय

सुनसरी । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत धरानमा वीपी प्रतिष्ठानको दक्षिणी जङ्गलतर्फको गेट डोजर लगाएर भत्काएपछि पक्राउ परेका दुइजनालाई तत्काल रिहाइको माग गर्दै स्थानीयले आइतबार प्रहरी कार्यालय घेराउ गरेका छन् ।

पक्राउ परेको दुई जनालाई अदालतमा म्याद थप गर्न लैजाने क्रममा स्थानीयले अवरोध पुर्याउदै धरानस्थित इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन ।  प्रतिष्ठानको बन्द अवस्थाको दक्षिण पूर्वी गेट भत्काएपछि प्रहरीले डोजर अपरेटर उदिम खड्का र मालिक प्रदीप क्षेत्रीलाई शनिवार पक्राउ गरेको थियो ।

उक्त गेट माओवादी केन्द्र १९ नं कमिटीको अगुवाइमा भत्काइएको थियो । पक्राउ परेका दुई जनालाई म्याद थप गर्न लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि केही समय प्रहरी र स्थानीयको घम्साघम्सी पनि परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित