इटहरी नमुना कलेजमा मुटकोर्टबारे लेखन कार्यशाला  सम्पन्न

 इटहरीको नमुना कलेज अन्तरगत कानुन विषय अध्ययनरत विद्यार्थीहरूलाई एक दिने मुटकोर्ट लेखन कार्यशाला सम्पन्न भएको छ । कक्षा ११ र १२ का कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी एक दिने मुलकाेर्ट लेखन कार्यशाला सम्पन्न भएको हाे । 

कार्यशालामा ६५ जना विद्यार्थीहरूले सहभागी जनाएका थिए ।  कार्यशालामा अदालतले निर्णय गरेको विशेष मुद्दा वा कानुनका विद्यार्थीहरूको व्यावहारिक प्रशिक्षणको उद्देश्य सहित कलेजमा काल्पनिक अदालत बनाइ केही समय चर्चा ,परिचर्चा गरिएको थियो । विद्यार्थीहरूलाई अधिवक्ता सेमन्त कोइरालाले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा कानुनका विद्यार्थीहरूले कानुन सम्बन्धित कागजातहरू तयार पार्नुका साथै   न्यायाधीशहरूको प्यानलमा मौखिक तर्क राखेर आफ्नो वकालत क्षमता प्रस्तुत गरेका थिए । 

२०५६ सालमा स्थापना भएको ग्रिनपिस एकेडेमी थप स्तरउन्नती गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । ४२ जना विद्यार्थीबाट शुरुभएको नमुना कलेज पछिल्लो समय पूर्वी नेपालका सबै जिल्लाहरूका साथै कोरिया तथा जापानबाट समेत गरी ९ हजार भन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिसकेका छन् । 

पूर्वी नेपालका विद्याथीहरुको आम रोजाइमा पर्ने यस कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सि.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र  स्नातक–कोत्तर  तहमा एम.वि.ए. को अध्यापन गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित